You are viewing the translated version of निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार.
Section 33
निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
(१) कुनै ठाउँमा असुरक्षित, प्रतिकूल असरयुक्त वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा सेवा प्रदान गरेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही भइरहेको छ भन्ने विश्वास हुने मनासिब कारण भएमा निरीक्षण अधिकृतले त्यस्तो ठाउँमा आवश्यकता अनुसार जुनसुकै बखत प्रवेश गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न, त्यस्तो काम गर्ने व्यक्तिलाई पक्राउ गर्न र मुद्दा हेर्ने अधिकारीको अनुमतिले अनुसन्धानको लागि सात दिनसम्म थुनामा राख सक्नेछ।
(२) उपदफा (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा वस्तुको उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता, सेवा प्रदायक वा सम्बन्धित अन्य व्यक्तिसँग आवश्यक विवरण वा जानकारी वा बयान लिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा असुरक्षित, असरयुक्त वा गुणस्तर नभएको वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा सेवा प्रदान गरेको वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही भइरहेको देखिएमा निरीक्षण अधिकृतले त्यस्तो वस्तुको तोकिए बमोजिम नमुना लिई तोकिएको अवधिको लागि त्यस्तो वस्तुको उत्पादन वा बिक्री वितरण गर्न वा सेवा प्रदान गर्न रोक लगाउन सक्नेछ।
(४) उपदफा (१) बमोजिम बजार निरीक्षण वा जाँचबुझ गर्ने प्रयोजनको लागि तोकिए बमोजिम वस्तु वा सेवाको परीक्षण सूची तयार गर्नु पर्नेछ।
(५) उपदफा (४) बमोजिमको परीक्षण सूची अनुसार भएको नपाइएमा निरीक्षण अधिकृतले त्यस्तो वस्तुको बिक्री वितरणमा रोक लगाई तत्काल दफा ३९ बमोजिम जरिबाना गर्न सक्नेछ।
(६) उपदफा (२) बमोजिम निरीक्षण अधिकृतले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन सात दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ।
(७) उपदफा (६) बमोजिमको प्रतिवेदनमा उपदफा (५) बमोजिम जरिबाना गरिएको भए त्यस्तो विवरण समेत उल्लेख गरी प्रतिवेदन तयार गर्नु पर्नेछ।
(८) निरीक्षण अधिकृतले निरीक्षण वा जाँचबुझको सिलसिलामा उत्पादक वा बिक्रेतालाई तत्काल कुनै आदेश दिन उपयुक्त देखिएमा त्यस्तो आदेश दिन वा उपयुक्त सम्झेको अन्य कार्य गर्न सक्नेछ ।
(९) निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(१०) निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै उत्पादक, बिक्रेता, विरुद्ध कुनै कानूनी कारबाही हुनुपर्ने देखेमा त्यसको विवरण समेत प्रतिवेदनमा उल्लेख गरी विभागमा वा आवश्यक परे कारण सहित अन्य सम्बन्धित निकायमा पठाउन सक्नेछ।
(११) निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तथा निरीक्षण अधिकृतले दिएको प्रतिवेदन कार्यान्वयन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।